गरिमा विकास बैंक अर्जुनचौपारीद्वारा नवग्रह मन्दिरमा चौतारी निर्माण कार्य प्रारम्भ

भदौ १८/खबरकलम संवाददाता: गरिमा विकास बैंकद्वारा नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारी जलबराह धाममा भक्तजनहरूको सहजताका लागि चौतारी निर्माण कार्य प्रारम्भ गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरुको निरन्तरता स्वरुप नवग्रह मन्दिर परिसरमा बर, पीपल र समीको बिरुवा रोपी चौतारी निर्माण थालनी गरिएको जानकारी गरिमा विकास बैंक लिमिटेड अर्जुनचौपारी शाखाका प्रबन्धक रमेश रेग्मीले दिए।

उनका अनुसार गाउँ समाजबाट लोप हुँदै गएको परम्परागत चौतारीको महत्व स्मरण गर्दै अर्जुनचौपारीस्थित नवग्रह मन्दिरमा परम्परागत शैलीमै चौतारी निर्माण सुरु कार्य गरिएको छ। कंक्रिटको विस्थापन गर्दै धार्मिक तथा वैज्ञानिक महत्त्व बोकेका बिरुवाहरुको वृक्षारोपण मार्फत सामाजिक कार्यमा थप सक्रिय रहने उनको भनाइ छ। उनका अनुसार मन्दिर परिसरमा निर्माण गर्न लागिएको चौतारी पूर्ण रुपमा परम्परागत हुने र स्थानीय साधनकै उपयोग मार्फत निर्माण गरिने छ।

नवग्रह मन्दिरमा पछिल्लो समय भक्तजनहरूको भीड लाग्ने गरेको छ भने उक्त चौतारी निर्माणले आवतजावत तथा पूजाआजामा समेत भक्तजनहरुलाई टेवा पुग्ने छ।

गरिमा विकास बैंक स्याङ्जाबाटै स्थापना भई हाल देशभर फैलिएको विकास बैंकमध्ये अग्रणी बैंक हो।

Share Post on Social media