राष्ट्रिय युवा संघ अर्जुनचौपारीले सुरु गर्यो फलफुल रोपण कार्यक्रम 

खबरकलम संवाददाता/साउन १७: राष्ट्रिय युवा संघ नेपालकाे देशव्यापी अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल अर्जुनचाैपारीको आयाेजनामा “एक युवा पाँच फलफुलका बिरुवा सामुदायिक विद्यालय परिसरमा” भन्ने कार्यक्रम अर्जुनचौपारी गाउँपालिकामा सुरु गरेको छ। 

साउन १६ गते अर्जुनचौपारी गाउँपालिका वडा नं ४ रापाकाेटस्थित जन माविबाट उक्त अभियान सुरु गरिएको राष्ट्रिय युवा संघ अर्जुनचौपारी अध्यक्ष पिताम्बर अर्यालले जानकारी दिए। उनका अनुसार जन माविबाट सुरु भएकाे याे अभियान पालिकाका सबै सामुदायिक विद्यालयमा क्रमशः पुग्नेछ। 

उक्त अभियान अन्तर्गत जन मावि रापाकोटका विव्यस अध्यक्ष चक्र ब. गुरुङ, सहायक प्र.अ. कृष्ण पाैडेल तथा राष्ट्रिय युवा संघ नेपाल गण्डकी  प्रदेशका अध्यक्ष पिताम्बर खनालकाे राेहबरमा फलफुलका बिरुवा राेपण तथा हस्तान्तरण गरिएको थियो।

Share Post on Social media