भाग्योदय माविको स्वर्ण महोत्सवको उद्घाटन जिटीले गर्ने,राष्ट्रपति संहिताले रोकिए

खबरकलम संवाददाता/स्याङ्जा:स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ६ उजेलीडाँडास्थित श्री भाग्योदय माध्यमिक विद्यालय स्थापनाको ५० बर्षमा पुगेको अवसरमा आयोजित स्वर्ण महोत्सवको आज उद्घाटन हुनेे भएको छ।

स्वर्ण महोत्सवलाई भव्य बनाउन विद्यालयले आजदेखि माघ १४ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको हो। वि.सं. २०३३ सालमा एउटा समीको चौपारीको नाङ्गो चौरमा खरको छानामुनिबाट सुरु भएको भाग्योदय माध्यमिक विद्यालयले ५० औं वर्ष प्रवेश गरेको अवसरमा विविध शैक्षिक, सांस्कृतिक कार्यक्रम , स्वर्ण स्मारक निर्माण, शैक्षिक मेला , बालप्रतिभा प्रदर्शनी र अतिरिक्त क्रियाकलापसहित स्वर्ण जयन्तीलाई शैक्षिक महोत्सवका रूपमा मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले जानकारी दिए।

महोत्सवको उद्घाट्नमा राष्ट्रपति रामचन्द्र पौडेल देखि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले समेत गर्ने चर्चा एवम् आयोजकले बताएको थियोे तर निर्वाचन आंचार संहिताले दुबै नआउने भएपछि जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले गर्ने तयारी गरिएको छ ।
स्वर्ण महोत्सवका लागि ५०१ सदस्यीय मूल समिति गठन गरेर तयारी व्यापक गरिएको व्यवस्थापन समिति सदस्य विश्वनाथ अर्यालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालको नेतृत्वमा स्वर्ण महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो भने खनालकै संयोजकत्वमा आर्थिक समिति समेत गठन गरिएको छ ।
विद्यालयको स्वर्ण महोत्सवको खबरले त्यहाँ पढेका पूर्व विद्यार्थी उत्साहित भएका छन् भन्ने विभिन्न ढंगले सहयोग तथा सहभागीता हुने समेत अपेक्षा राखिएको छ। यसअघि नै पूर्व विद्यार्थी मञ्चको अधिवेशनले ढाकाराम खनालको नेतृत्वमा नयाँ कार्यसमिति गठन समेत भएको छ।

Share Post on Social media