सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

चैत ७/बुटवल : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुवै तर्फबाट बन्द भएपछि सवारी आवागमन प्रभावित बनेको छ। 

हिजोदेखि सिमसिम पानी परिरहेको कारण लेदोसहितको ढुङ्गा खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ भने पानी रोकिएपछि सडक खुलाउन पहल गरिने तयारी भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न समेत यात्रीलाई अनुरोध गरिएको छ।

Share Post on Social media