भूकम्प पीडित परिवारलाई नगद सहित खाद्यान्न सहयोग

जेठ ३१/राम बहादुर रोकाहा: पहिलो पाइला नेपाल पोखरा शाखाले भुकम्पबाट पिडित कास्की माछापुच्छ्रे गाउँपालिका स्थित लाहाचोक निवासी भरत अधिकारीको परिवारलाई ६५ हजार नगदसहित खाद्यान्न सहयोग गरेको छ ।


भुकम्पले ग्रस्त भएका अधिकारीको परिवारलाई पहिलो पाइलाका सदस्यहरुले संकलन गरि रु.६५ हजार आर्थिक सहयोग र तत्कालका लागि पुग्ने गरि रु. ५ हजार बराबरको खाद्यान्न सहयोग गरेको पहिलो पाइला नेपाल पोखरा शाखाका उपाध्यक्ष रञ्जित दनैले जानकारी दिनुभयो ।


कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ , लाहाचोक स्थित तिनघरे निवासी भरत अधिकारी हाल आफैं सुस्त मनस्थितीको शिकार भइ, केही गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनको सानै उमेरमा बाबुको स्वर्गारोहण भइ टुहुरा भएका अधिकारी पढाईमा अब्बल हुँदाहुँदै पनि ७ कक्षामा पढ्दापढ्दै भारत देश पलायन भएर आफ्नो वैवाहिक जिवनपश्चात् भारतमा नै रहदै गर्दा घरायसी समस्या सहन नसक्दा बिरामी भएका उनी अहिले औषधि उपचारपछि सुस्त मनस्थितीका साथ जीवन व्यतित् गरिरहेका छन् ।


तीन सन्तान , वृद्ध अवस्थाकि आमा सबैको रेखदेख, पालानपोषण र बालबच्चाको शिक्षादिक्षाको अभिभारा अधिकारीकि श्रीमतीको काधमा थपिएको थियो। उनले गर्ने दैनिक ज्यालादारीले घर खर्चो टार्न धौधौ रहेको र केही दिन अघि मात्र आएको भुकम्पले बस्ने बास नै भत्काइदिएपछि झन समस्या थप भएको उक्त सहयोगी संस्थाका उपाध्यक्ष दनैले जानकारी दिए ।


यो कोरोनाको महामारीको अवस्थामा पनि युवा पिडिले समाज परिवर्तनको बाटोमा अगाडि बढ्दै गरेको संस्था पहिलो पाइला नेपाल पोखरा शाखाले भुकम्पले भत्किएको अधिकारीको घरको पुनर्निर्माणका लागि आर्थिक सहयोग संकलन गरि सोही वडाका वडा अध्यक्ष श्री पूर्ण तेज शाही र जिल्ला समन्वयका सदस्य श्री विष्णु पौडेलको उपस्थितिमा उक्त संकलित नगद रु ६५,००० ( पैसैठ्ठी हजार ) आर्थिक सहयोग र केहि समयलाई पुग्ने गरी खाद्यान्न सामाग्री वितरण गरेको हो ।

Share Post on Social media