स्याङ्जाका ११ वटै स्थानीय तहका उपप्रमुखहरुको क्षमता अभिवृद्धि तालिम विरुवामा सम्पन्न

स्याङ्जा/असार २१: स्याङ्जा जिल्लाका एघार वटै स्थानीय तहका उपप्रमुख एवम् उपाध्यक्ष तथा न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदान तालिम विरुवा गाउँपालिकामा सम्पन्न भएको छ।

जिल्लाका ११ वटा स्थानीय तहका उप-प्रमुख/उपाध्यक्ष लगायत न्यायिक समितिका पदाधिकारी, न्यायिक समितिका कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता विरुवा गाउँपालिकाकी उपाध्यक्ष भगवती शर्माले गरेकी थिइन्। विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रमा विशिष्ट अतिथिको रुपमा जिल्ला न्यायाधीश वासुदेव पौडेल सहभागी थिए।‌

न्यायिक समितिका पदाधिकारीहरुले आ-आफ्नो स्थानीय तहमा न्यायिक समितिमा परेका उजुरी, न्याय सम्पादनको क्रममा परेका अफ्ठ्यारा, संवैधानिक प्रावधानहरुका सम्बन्धमा राख्नुभएको जिज्ञासाहरुलाई सहजीकरण गर्दै उनले न्याय निरुपणमा स्थानीय निकायको न्यायाधीश सरह अधिकार उपप्रमुखलाई भएको जानकारी गराउँदै आफ्नो क्षेत्राधिकार भित्र रहेका अधिकारहरु निर्धक्क भएर प्रयोग गर्न सुझाए।‌

Share Post on Social media
 
 
  
जीवन अर्याल