भ्रष्टाचार आरोपमा सुनवल नगरपालिकाका मेयर पदमुक्त

माघ २४/खबरकलम संवाददाता: भ्रष्टाचार आरोपमा अनुसन्धान हुने भएपछि नवलपरासी जिल्ला सुनवल नगरपालिकाका मेयर पदमुक्त भएका छन्।

नेपाली काङ्ग्रेसबाट विजयी भएका मेयर भरत बहादुर थापालाई भ्रष्टाचार र अनियमितताको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बन गरेको हो ।

उनले विभिन्न समाचार माध्यममा भ्रष्टाचारको समाचार आएपछि वक्तव्य निकालेर आफूलाई चरित्र हत्या गर्न केही मिडिया लागेको आरोप लगाएका थिए भने कार्यकर्ताले समाचार लेख्ने मिडिया विरुद्ध आक्रोश पोख्दै परिचालित मिडियाको आरोप समेत लगाएका थिए ।
मेयर थापा निलम्बनमा परेपछि एमालेबाट वजयी उपमेयर दधिराम अर्याललाई कार्यबाहक मेयरको जिम्मेवारी तोकिएको छ ।

Share Post on Social media