फरार प्रतिवादी धमाधम पक्राउ गर्दै स्याङ्जा प्रहरी, एकैदिन ४६ जना समातिए

भदौ ३०/स्याङ्जा: फरार प्रतिवादी समात्न स्याङ्जा जिल्ला प्रहरीलाई ठुलो सफलता मिलेको छ । विभिन्न मितिमा फरार भएका ४६ जना प्रतिवादीहरुलाई एकैदिन पक्राउ गरेको छ।

विगत ५ वर्षको अन्तरालमा विभिन्न मितिमा फैसला भएका तर फैसला कार्यान्वयनको क्रममा फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका प्रहरी कार्यालयहरुबाट खटिएका प्रहरी टोलीले एकैदिनमा पक्राउ गर्न सफल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

निज प्रतिवादीहरुलाई आवश्यक कामकार्वाहीका लागि बुधबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित गराइएको र उनीहरुबाट जरिवाना स्वरूप रु. एक लाख छब्बीस हजार पचहत्तर रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

Share Post on Social media