शुभलक्ष्मी सहकारी भीरकोटले विद्यार्थीलाई बाँड्यो न्यानो पोशाक

माघ १६/स्याङ्जा: स्याङ्जाको भीरकोट नगरपालिका स्थित शुभलक्ष्मी सहकारी संस्थाले दहथुम माविको ७२ औं वार्षिकोत्सवको अवसर पारेर न्यानो पोशाक वितरण गरेको छ।

दहथुम माविको ७२ औं वार्षिक उत्सवका अवसरमा अध्यक्ष भक्तबहादुर केसी सहितको संचालक समितिको टोलीले २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरिएको सहकारीले जनाएको छ।

सहकारीका प्रबन्धक लेखबहादुर केसी किरणले आर्थिक, सामाजिक, सांस्कृतिक उन्नयन र प्रगतिको लागि काम गरिरहेको जानकारी गर्दै संस्थाले एक घर एक सदस्य नीति लिई सदस्यता व्यापक रुपमा विस्तार गर्ने लक्ष्य राखी अगाडी बढेको र सदस्यताको लागि आग्रह पनि गरे।

उक्त पोशाक वितरण कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष लगायत सचिव पुष्पा अधिकारी, कोषाध्यक्ष भगवान केसी, संचालक सदस्य अर्जुनकुमार श्रेष्ठ,पूर्ण बहादुर के सी र व्यवस्थापक श्री लेख बहादुर के सी उपस्थित थिए। सो कार्यक्रममा अभिभावक करिब १३० जना , शिक्षक करिब २० जना र विद्यार्थी करिब ३०० गरी करिब ४५० जनाको उपस्थिति रहेको थियो ।

Share Post on Social media