क्याड भीरकोटद्वारा आयोजित विद्यालय स्तरीय किक्रेट खेलमा कन्साइन्स मावि विजयी

फागुन १६/माधवप्रसाद रेग्मी: क्लष्टर फर एकेडेमिक डेभलपमेन्ट (क्याड) ले आयोजना गरेको विद्यालय स्तरीय किक्रेट खेलमा कन्साइन्स आवासीय मावि विजयी भएको छ। फाइनल खेलमा बालोदय आवासीय माविसँग टस हारेर पहिले फिल्डिङको निम्ता पाएको कन्साइन्सले ८ ओभरको खेलमा बालोदय आवासीय माविलाई 33-6 मा समेट्न सफल भयो।

निर्धारित रनलाई पछ्याउने क्रममा कन्साइन्स आवासीय माविले २.३ ओभरमा १ विकेट गुमाउँदै जित हात पार्न सफल भएको हो। जम्मा चारवटा विद्यालयबीच भएको खेलमा भू.पू.सैनिक आवासीय मा.वि र बुद्ध मेमोरियल आवासीय मावि प्रारम्भिक‌ चरणको खेलबाट नै बाहिरिएका थिए ।
क्याड संयोजक तथा कन्साइन्स आवासीय माविका प्रधानाध्यापक साजन परियारको अध्यक्षतामा सम्पन्न भएको खेलमा प्रमुख अतिथि PABSON केन्द्रीय सदस्य तथा बालोदय आवासीय माविका प्रधानाध्यापक अमृत अर्याल, विशिष्ट अतिथि कन्साइन्स आवासीय माविका शेयर सदस्य तथा भवन निर्माण तथा मर्मत समिति संयोजक शिव प्रसाद रेग्मी र अतिथिहरु सम्बन्धित विद्यालयका प्रधानाध्यापक र खेल शिक्षक उपस्थित थिए।

कार्यक्रमको संचालन कन्साइन्स आवासीय माविका सहायक प्रधानाध्यापक माधव प्रसाद रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य कन्साइन्स आवासीय माविकै तिला कुमारी रेग्मीले दिएकी थिइन्। खेलमा उत्कृष्ट ब्याट्सम्यान बालोदय आवासीय माविका रोशन अधिकारी, उत्कृष्ट बलर कन्साइन्स आवासीय माविका अभय बिके, उत्कृष्ट खेलाडी कन्साइन्स आवासीय माविकै अविरल पोख्ररेल भए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कन्साइन्स आवासीय विद्यालय खेलकुद र पढाईमा जिल्लाकै अब्बल रहेको कुरा बताएका थिए।

Share Post on Social media