माओवादी निकट सहकारी केन्द्र नेपालको प्रथम स्याङ्जा जिल्ला भेला सम्पन्न

मिनप्रसाद कोइराला/स्याङ्जा: नेकपा माओवादी केन्द्र निकट सहकारी केन्द्र नेपालको प्रथम स्याङ्जा जिल्ला भेला सम्पन्न भएको छ।

जिल्ला सहकारी संघ स्याङ्जाका सचिव तथा सहकारी केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य मिनप्रसाद कोइराला “प्रतिक” को अध्यक्षतामा सम्पन्न उक्त भेलाले नारायणसिंह थापाको संयोजकत्वमा एक्काइस सदस्यीय तदर्थ समिति गठन गरेको छ।

सदस्य चित्र रानाको सञ्चालन तथा सहकारी विभागका केन्द्रीय सदस्य तथा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य चन्द्रा ढकाल पराजुलीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त भेलालाइं जिल्ला बचत संघका सदस्य नारायण सिंह थापाले स्वागत गरेका थिए।

Share Post on Social media