साख जोगाउने कसरतमा वालिङ, बनायो ५१ सदस्यीय सल्लाहकार समिति

फागुन ७/खबरकलम समाचार डेस्क: पछिल्लो समय जनप्रतिनिधि बीचकै मनमुटाबका कारण बिग्रँदै गएको आफ्नो शाख जोगाउन तथा नागरिकमा फैलिएको वितृष्णालाई कम गर्न वालिङ नगरपालिकाले निवर्तमान नगरप्रमुखको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ।

नेपालकै स्मार्ट सिटीको मोडेलमा अघि बढिरहेको वालिङ नगरपालिकाले निवर्तमान नगरप्रमुख दिलिप खाँणको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको हो।

स्मार्ट सिटीको २० वर्षे दीर्घकालीन नीति र गुरुयोजना बनाएरै अघि बढेको नगरपालिकाले निवर्तमान नगरप्रमुख दिलिपप्रताप खाँणको संयोजकत्वमा सल्लाहकार समिति बनाएर समानुपातिक सहभागिताको सुनिश्चितता गर्न नगरपालिका प्रतिवद्ध रहेको उदाहरण पेश गरेको छ।

समितिमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरु तथा विज्ञहरुलाई समेटिएको छ। राजनीतिमा सक्रिय नेतृत्वदेखि व्यापारी उद्योगपति, सेवानिवृत्त कर्मचारी, पत्रकार लगायतका सामाजिक व्यक्तिहरु उक्त सल्लाहकार समितिमा अटाएका हुन्। यही माघ २९ गते बसेको नगरकार्यपालिकाको वैठकले ५१ सदस्यीय सल्लाहकार समिति बनाउने निर्णय गरेको र उक्त सल्लाहकार समिति विशुद्ध वालिङको हित, विकास र समृद्धिको बाटोमा सल्लाह सुझाव तथा अभिभावकत्वको निम्ति रहने जानकारी वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।

दिलिपप्रताप खाँण नगरप्रमुख रहेका बखत वालिङ नगरपालिकाले स्मार्ट सिटीका लागि दीर्घकालीन योजना बनाएको र यसको कार्यान्वयन गर्ने प्रयोजनार्थ विज्ञहरुको समिति आवश्यक रहेको नगरप्रमुख खाँणले खबरकलमलाई जानकारी दिए।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिएअनुसार सल्लाहकार समितिका सदस्यहरुमा लालचन्द्र गैह्रे, अग्नि काफ्ले, विष्णुबहादुर द्वारे, शोभाकान्त पौडेल, बावुराम रेग्मी, आनन्द काफ्ले, डा.दिनेश काफ्ले, डा.अच्युतशरण अर्याल, डा.दर्शनकुमार गुरुङ, डा.दिनेश वि.क., डा.लेखनाथ शर्मा पाठक, डा.राजन शर्मा, प्रा.डा.दिपक सुवेदी, डा.पवमान सुवेदी, उमाकान्त पराजुली, निलकण्ठ काफ्ले, त्रिलोचन पंगेनी, कमल जिटी, मेघ आले, डोलराज शर्मा पंगेनी, रीना राना, लेखनाथ बगाले, जीवनारायण काफ्ले, जलेश्वर पाण्डे,लेखनाथ पाण्डे, दीपक पाण्डे, राजेन्द्र प्रसाद पाण्डे, कल्पना बस्याल, लक्ष्मीकान्त रेग्मी, ई. विष्णुप्रसाद काफ्ले, टेकप्रसाद लुईटेल, तोयनारायण पौडेल, दामोदर कोईराला, पिताम्बर तिवारी, माधव आचार्य, अमृत श्रेष्ठ, नारायण श्रेष्ठ, जगन्नाथ तिवारी, भुवन काफ्ले, शालिक सुवेदी, देविप्रसाद बगाले, द्रोणराज काफ्ले, लोकनाथ रेग्मी, नारायण भण्डारी, ध्रुव शर्मा पंगेनी, दिनेश तिवारी (दिनकर), डा. गिरीधारी शर्मा, तारा सुवेदी, सागर बगाले र अनन्तराज डुम्रे रहेका छन्।

पछिल्लो समय नगरप्रमुख कृष्ण खाँण र नगर उपप्रमुख कविता तिवारीबीच सामन्जस्यपूर्ण सम्बन्ध बन्न सकेको छैन। यस अवस्थामा निर्माण गरिएको सल्लाहकार समितिले नगरपालिकालाई आवश्यक सल्लाह सुझाव तथा अभिभावकत्व प्रदान गर्नेछ।

Share Post on Social media