नेकपा एमाले स्याङ्जाको नवौं जिल्ला अधिवेशनको ओलीद्वारा उद्घाटन गरिने

राम बहादुर रोकाहा/चैत्र २२: नेकपा(एमाले)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्याङ्जा आउने भएका छन् ।
स्याङ्जाको ९ औं जिल्ला अधिवेशन उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष ओली स्याङ्जा आउने भएका हुन् । शुक्रबारदेखि सुरु हुने अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने तय भएको प्रचारप्रसार कमिटीका संयोजक विश्व पौडेलले स्याङ्जाको जिल्ला पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

उनका अनुसार सदरमुकाम स्थित स्याङ्जा बजारको सिटीहलमा दिउँसो १२:३० बजे पार्टीका केन्द्रीय अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु गरिने छ ।
एमाले स्याङ्जाले बिहीवार गरेको पत्रकार सम्मेलनमार्फत अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

अधिवेशन आयोजक कमिटीले विभिन्न उपसमितिहरु गठन गरी परिचालित गरेको बताएको छ । अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । अधिवेशनका लागि ६०९ प्रतिनिधि छनोट हुने प्रचारप्रसार कमिटीका संयोजक विश्व पौडेलले बताए ।

Share Post on Social media