वार्सीलोनाको बायर्नसँग लजास्पद हार, क्वार्टरफाइनलबाटै बाहिरियो!

जर्मन क्लब बायर्न म्युनिखसँग स्पेनिस क्लब वार्सीलोनाले गएराती भएको खेलमा लजास्पद हार (८-२) बेहोरेको छ। उक्त हारले वार्सिलोनालाई क्वार्टरफाइनलबाटै बाहिरिनु पर्ने अवस्था आयो। 

लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल थपेको थियो ।

वायर्नका लागि खेलको चौथो मिनेटमा थोमस मुलरले पहिलो गोल गरे। तर सातौं मिनेटमा वायर्नका अलाबाले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनालाई फाइदा पुग्यो।

२१ मिनेटमा पेरिसिकले  वायर्नका लागि दोस्रो गोल गरे। २७ मिनेटमा जिनर्बिले तेस्रो गोल गर्दा मुलरले ३१ मिनेटमा चौथो गोल गरेका थिए।

पहिलो हाफमा ४-१ ले पछि परेको बार्सिलोनाका लागि लुइस सुआरेजले ५७ मिनेटमा गोल गरे। त्यसपछि खेल ४-२ को अवस्थामा आयो।

तर त्यसको ६ मिनेटपछि वायर्नले पाँचौ गोल गर्‍यो। उसका लागि किमिचले ६३ मिनेटमा पाँचौ गोल गरे।

वायर्न यतिमै रोकिएन। लेवान्डोस्कीले ८२ मिनेटमा छैटौ गोल गरे।

अन्तिम पाँच मिनेट बाँकी छँदा बार्सिलोनाबाट वायर्नमा लोनमा रहेका फिलिप काउटिन्होले दुई गोल गरे। काउटिन्होले ८५ र ८९ मिनेटमा गरी दुई गोल गरेपछि वायर्नले बार्सिलोनाको पोस्टमा ८ गोल छिरायो।

अब वायर्नले सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Share Post on Social media