स्याङ्जामा किरियापुत्रीले गरे मतदान

खबरकलम संवाददाता /स्याङ्जा: आज भैरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जाबाट किरियापुत्रीले मतदान गरेका छन्।

शोकको समयमा पनि नागरिक कर्तव्यलाई प्राथमिकता दिँदै किरियापुत्रीहरु मतदानमा सहभागी भएका हुन्। बाबुको किरिया बसिरहेका स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ निवासी चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले बिहीबार अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालय मतदानस्थलमा पुगेर मत खसालेका हुन्।

यसैगरी भीरकोट नगरपालिका वडा नं ३ रिजु निवासी सूर्य खत्रीले समेत किरिया बसेकै अवस्थामा मतदान गरेका हुन्।

Share Post on Social media