पोखरा छोरेपाटन मा.बि.का विद्यार्थीद्वारा शैक्षिक सामाग्री वितरण

असोज २०/राम बहादुर रोका: कास्कीको पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित छोरेपाटन माध्यमिक बिद्यालयका विद्यार्थीद्वारा पोखरा-२२ स्थित महेश्वरी माध्यमिक विद्यालयमा अध्यनरत प्रा.वि.तहका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।


छोरेपाटन मा.बि.मा अध्यनरत बिज्ञान संकायका २०७६/७७ ब्याचका सम्पुर्ण विद्यार्थीहरुले मिलेर आआफ्नो व्यक्तिगत खर्च छुट्टयाएर बिधाई कार्यक्रम स्वरुप पोखराको पुम्दिभुम्दीमा रहेको महेश्वरी माध्यमिक विद्यालयमा प्राथमिक तहसम्म अध्यनरत जेहेन्दार तर गरिबीले सताइएका ससाना भाइबहिनीहरुको हातमा शैक्षिक सामाग्री वितरण गरिएको छोरेपाटनमा अध्यनरत विद्यार्थी विशाल रिमालले जानकारी दिनुभयो ।
करिब ५४ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य रहेतापनी कोभिड अझै नियन्त्रणमा नआएको समयमा उपस्थित भएका विद्यार्थीहरुलाई स्वयम् विशाल रिमाल र उहाँका साथीहरूले वितरण गरेको र उपस्तिथित हुन नसकेका विद्यार्थीहरुलाई सोही विद्यालय प्रशासनमा सामाग्री बुझाएर विद्यालयले नै हस्तान्तरण गरिदिन अनुरोध गरेको रिमालले बताउनुभयो ।

Share Post on Social media