लियो क्लब वालिङ सिटीको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सुमना लमिछाने “मनिसा” निर्वाचित
जेठ १५/वालिङ: लियो क्लब वालिङ सिटीको तेस्रो अधिवेशन आज वालिङमा सम्पन्न भएको छ।
आज एक कार्यक्रमका बीच लियो क्लब अफ वालिङ सिटीको तेश्रो अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले वर्ष २०२२/२३ का लागि अध्यक्षमा सुमना लामिछाने “मनिसा” लाई चयन गरेको छ। यसैगरी प्रथम उपाध्यक्षमा लियो प्रज्वल रनपाल, द्धितीय उपाध्यक्ष लियो हरि रेग्मी, तृतीय उपाध्यक्ष लियो समीर श्रेष्ठ चयन भएका छन्।
उक्त अधिवेशनले सचिवमा लियो किशोर बस्याललाई चयन गरेको छ। लियो क्लब अफ वालिङ सिटीका निवर्तमान अध्यक्ष खुम शर्मा( बिपुल) ले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी १ नेपालका AOG लायन चेतनारायण श्रेष्ठ थिए। कार्यक्रमका प्रमुख अतिथि लायन चेत नारायण श्रेष्ठले लियो क्लब अफ वालिङ सिटी देशकै नमूना क्लब रहेको बताउँदै क्लबले गरेका कामहरुको प्रशंसा समेत गरे।
कार्यक्रममा REGION CHAIR PERSON लायन कविता भुषाल, लियो क्लब क्लब अन्तर्राष्ट्रिय ३२५ बी १ नेपालका PRO लियो दिक्षान्त प्रताप खाँण लगायतले आफ्ना भनाई राखेका थिए। प्रथम उपाध्यक्ष लियो प्रज्ज्ल रनपालले मन्तव्य राखेको उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लमिछानेले निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै क्लबलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। कार्यक्रम सञ्चालन लियो क्लब अफ वालिङ सिटीका सचिव किशोर बस्यालले गरेका थिए।
लियो क्लब लायन्स क्लबको भगिनी संस्था मानिन्छ। विशेष गरी किशोरकिशोरीलाई सामाजिक छवि बढाउन, समाजसेवामा प्रेरित गर्न, नेतृत्व विकाससम्बन्धी परामर्श तथा तालिम प्रदान गर्न, मानवता र सेवाको भावना विकास गर्न तथा युवा एकतामा जोड दिन लियो क्लबको सक्रिय भूमिका रहेको छ।
विश्वभर लियो तथा लायन्स क्लबका धेरै शाखाहरु रहेका छन्। यी क्लब विशुद्ध सामाजिक तथा प्रजातान्त्रिक संस्था मानिन्छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्