स्याङ्जामा कोरोना संक्रमणको कारण थप एकको मृत्यु

कार्तिक १/स्याङ्जा: स्याङ्जा जिल्लामा कोरोना भाइरस (कोभिड १९) को कारण थप एक जनाको ज्यान गएको छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ६ स्थायी ठेगाना भई हाल भीरकोट १ बयरघारीमा बसोबास गर्ने अन्दाजी ५० वर्षीया महिलाको उपचारको क्रममा ब्लु क्रस अस्पतालमा मृत्यु भएको भीरकोट नगरपालिकाका प्रवक्ताले खबरकलमलाई जानकारी दिए।

उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी सुगर, प्रेसर तथा थाइराइड रोगबाट ग्रसित थिइन्।

Share Post on Social media