अर्जुनचौपारीमा अन्तर वडास्तरीय पोषणसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

जेठ ९/स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजित पोषणसम्बन्धी अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम अन्तर्गत वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ।

हिजो सम्पन्न उक्त कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका वडा नं १ देखि वडा नं ६ का विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमा वडा नं १ अन्तर्गत अर्जुन चौपारी चिल्ड्रेन एकेडेमी प्रथम,शितला इङ्लिस बोर्डिङ स्कुल अर्जुनचौपारी द्वितीय, पञ्चकन्या मा .वि. तृतीय भएका छन्।

वडा नं २ स्थित रानीचरी आ.वि. केवरे प्रथम, अमरज्योति मा.वि. द्वितीय र शिद्ध आ.वि. तृतीय भएका छन्।
त्यसैगरी वडा नं ३ अन्तर्गत सरस्वती आ.वि. प्रथम, श्री गणेश आ.वि. द्वितीय र चण्डिडाँडा आ.वि. तृतीयय भएका छन् । वडा नं ४ अन्तर्गत आदर्श आ.वि. प्रथम, श्री जन मा.वि. द्वितीय र लाकुरी आ.वि. तृतीय भएका छन् ।

त्यसैगरी वडा नं ५ अन्तर्गत घण्टे मा.वि. प्रथम, देविस्थान आ.वि. द्वितीय, बुद्ध आ.वि. तृतीय भएका छन् ।
साथै वडा नं ६ अन्तर्गत गाउँफर्क आ.वि. प्रथम, दरौं मा.वि. द्वितीय र राष्ट्रिय आ.वि तृतीय भएका छन् ।

अर्जुनचौपारी गाउँपालिकाले हालै मात्र पालिकाभरकस विद्यालयमस अध्ययनरत विद्यार्थीहरुको निशुल्क रक्त समूह पहिचान कार्यक्रम सम्पन्न गरेको छ।

Share Post on Social media