गृह मन्त्रालयले भन्यो, “कर्फ्यू लाग्दैन। निषेधाज्ञा हुँदैन”

कार्तिक ३/काठमाडौं: गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कर्फ्यू लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडेर सङ्कटकाल र कर्फ्यू लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

‘उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Share Post on Social media