कालिगण्डकी करिडोरमा पहिरोले मजदुर पुरिए,५ को मृत्यु

कार्तिक १९/नवलपुर: कालीगण्डकी करिडोरमा सडक निर्माण गर्ने क्रममा सडक मजदुर पुरिएका छन्।

सडक निर्माण गर्ने क्रममा जाली भरिरहेका ५ जनाको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ।

नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा करिब ५ बजे सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विशाल तामाङले जानकारी दिए । 

‘सडक निर्माणका क्रममा ७ जना मजदुरले जालीमा ढुंगा भर्दै थिए’, तामाङले भने, ‘त्यस क्रममा आएको पहिरोमा परेका २ जनालाई प्रहरी र स्थानीयले उद्दार गरे । अन्य ५ जना पहिरोमा परे ।’ 

कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो।

Share Post on Social media