स्याङ्जाका प्रशासकीय अधिकृतको निधन

कार्तिक २४/स्याङ्जा: स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत डोलराज ढकालको निधन भएको छ।

उनको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि ब्लड क्यान्सर रोगबाट ग्रसित थिए।

पुतलीबजार नगरपालिकाकी प्रमुख सिमा केसीद्वारा एक विज्ञप्ति जारी गर्दै उनको निधनमा शोक व्यक्त गरेकी छन्।

Share Post on Social media