गल्याङमा नगरप्रमुख गिरीको भव्य स्वागत,जनता भन्छन्,” सांसद भएर स्याङ्जा हाक्नुस्।”

दिबश भण्डारी,कार्तिक ३०: शुभदिपावलीको शुभकामना आदानप्रदान गर्न गल्याङ नगरपालिका पुगेका चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीलाई गल्याङवासीले भव्य स्वागत गरेका छन्।

गल्याङ नगरपालिका वडा नं पकवादीमा नगरप्रमुख गिरीलाई हर्षोल्लासका फुलमाला र अबिर लगाएर स्वागत गरेका हुन्।

कुनै पनि ठाउँको बिकासका लागि त्यस ठाउँको जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्छ कि गर्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ। नगरप्रमुख गिरी चापाकोटका जनताको सुख दुखको साथी भएर कार्य गरेकोले चापाकोटको विकास द्रुतगतिमा अगाडी बढेको कुरा व्यक्त गरे।

एक बृद्धले हात जोडेर हाँस्दै भने, नगर प्रमुख गिरी मात्रै स्याङ्जामा त्यस्तो मेयर साप रैछन् जसले भ्रष्टाचार नरुचाउने तर जनताको काम गर्न रुचाउने रैछन् नत्र गल्याङ भन्दा चापाकोट कसरी अगाडी पुग्यो..?

स्याङ्जामा शिव गिरी जस्तो निर्भीक र निडर साथै जनभावनाको कदर गरेर काम गर्ने जनप्रतिनिधि अरु नदेखिएको भन्दै गल्याङका स्थानीयवासी भन्छन्। तपाइँ अबको चुनावमा मेयर होइन सांसद र मन्त्री भएर सिङ्गो स्याङ्जाको बिकास गर्नुस् यही छ गल्याङवासीले दिने शुभ दिपावलीको शुभकामना।

बिगतलाई हेर्दा नगरप्रमुख गिरि चापाकोटको प्रमुख भएता पनि गल्याङवासीको सुख दुखमा पनि साझेदार बन्ने गरेका छन्।

Share Post on Social media