सांसद मल्लले जननेता विपी कोइरालाको विचारमा हातेमालो गर्दै अघि बढ्न गरे आह्वान

मंसिर १/ दिवस भण्डारी: प्रदेश सांसद भागवत प्रकाश मल्लले जननेता विपी कोइरालाको विचारमा हातेमालो गर्दै अघि बढ्न सबै समुदायलाई आह्वान गरेका छन्।

तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन्। उक्त कार्यक्रममा नेकपाका दुई सक्रिय कार्यकर्ता नेकपा पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेका थिए।

चापाकोट नगरपालिका 0५ निबासी बेले गुरुङ (कान्छा दाइ) र पिताम्बर थापाले नेकपा परित्याग गरि काङ्ग्रेस प्रवेश गरेका हुन्। नेकपाका दुई युवा कार्यकर्तालाई प्रदेश सभा सदस्य माननीय भागवत प्रकाश मल्लले नेपाली काङ्ग्रेसमा स्वागत गरेका थिए।


स्वागतका क्रममा नेपाली काङ्ग्रेस जनताको घरदैलोमा दुख सुखमा साथ दिन पुग्ने पार्टी भएको भन्दै लोकतन्त्र समाजबाद मा जोडिनुभएका साथीहरू सँगै हातेमालो गरेर समाज बिकासमा तरुण शक्ति एक ढिक्का भएर लाग्ने सांसद मल्लले जिकिर गरे।


उक्त कार्यक्रममा नब प्रबेशी बेले गुरुङ (कान्छा दाइ)ले नेकपा सत्ता र शक्ति आडमा गरेको चरम भ्रष्टाचारको मोहमा डुबुल्की मारिरहेको अबस्थामा हामी युवा नेकपा भएर बस्नुको औचित्य समाप्त भएको कुरा व्यक्त गरे। साधारण जनताको कष्टकर जीवन यापन देखि बेखबर बनेको नेकपाको अस्तित्व समाप्त पार्न अब सबै युवा साथीहरू काङ्ग्रेस बन्नुपर्छ भन्दै काङ्ग्रेस मात्र जनताको जटिल परिस्थितिलाई बुझ्ने पार्टी हो भने।

काङ्ग्रेसका नवप्रवेशी पिताम्बर थापा नेकपाप्रति आक्रोश पोख्दै भन्छन्, “भूमिव्यवस्था,सहकारी तथा गरिबी निबारण मन्त्री पद्मा कुमारी अर्याललाई चुनाब जिताएर पठायौँ तर हामीले मन्त्रीबाट पाएको कुरा भनेको केवल दु:ख र हन्डर मात्र भयो।”

नेकपा सरकारको मन्त्रीले आफ्नो निर्बाचन क्षेत्रका युवालाई रोजगार त परै जाओस् देशको साँध सिमानाको समेत रक्षा गर्न नसकेको कारण अब हामीले मात्रै नभएर सिङ्गो देशका जनताले नै नेकपाको विकल्प खोज्नुपर्छ भन्दै थापाले थप आक्रामक कुरा गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र नेकपामा भएको विवादले सरकार र नेकपा पार्टीको चर्को आलोचना भैरहेको छ।

यद्यपि पछिल्लो समय सरकारले चुच्चे नक्सा प्रकाशित गरेपनि भूमि फिर्ता ल्याउन कुनै पहल गरेको भने छैन।

Share Post on Social media