यसपटक सुरु भयो मंसिरमै हिमपात, जनजीवन कष्टकर

मंसिर २/ राष्ट्रिय: यसपटक अघिल्लो वर्षको तुलनामा हिमाली क्षेत्रमा छिटो हिमपात भएको छ।

मनाङ तथा मुस्ताङ जिल्लाका अधिकांश क्षेत्रमा हिउँ परेर तापक्रम माइनस डिग्री सेल्सियससम्म पुगिसकेको त्यहाँका स्थानीय बताउँछन्।

यसैगरी खप्तड राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा पनि हिमपात भएको छ। हिमपात भएसँगै डोटी, बाजुरा र डोल्पा आसपासका क्षेत्रमा पर्यटक बढ्ने अनुमान गरिएको त्यहाँका स्थानीय निकायहरुले जनाएका छन्।

दार्चुलाको व्यास वरपर पनि भारी मात्रामा हिमपात भएकाले जनजीवन प्रभावित बनेको छ।‌नेपाल भारत र चीनको त्रिदेशीय नाकामा समेत हिउँ परेको जनाइएको छ।

पूर्वी रुकुम लगायतका अन्य जिल्लामा समेत हिउँ पर्न सुरु गरेको छ।

Share Post on Social media