“नबोलाइएकी मन्त्री अर्यालले सुटुक्क गरेको उद्घाटनको ताम्रपात्र च्यातेर फ्याँक जनताले भनिरहँदा तनावमा छु “- मेयर

मङ्सिर ४/ दिवस भण्डारी:भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल तिहार मनाउन अहिले गृह जिल्लामा हुनुहुन्छ। उहाँ गृहजिल्ला स्याङ्जा पुगेसँगै एक पछि अर्को कामले चर्चा कमाउन थाल्नुभएको छ। आलोचनाको समाचार छापिन्छ कि भन्ने डरले उहाँले पत्रकारहरुलाई पैसा बितरण गरेको चर्चादेखि विद्यालय भवनको उद्घाटनको विषयले एकपछि अर्को गर्दै स्याङ्जामा चर्चा पाइरहेको छ।


बुधबार स्याङ्जाको चापाकोट नगरपालिकाका तीन विद्यालयमा भवन उद्घाटनको दृश्य साँच्चै आश्चर्यजनक थियो ।व्यवस्थापन समितिको निर्णय र उपस्थिति बिना तथा स्थानीय सरकारसँगको समन्वयबिना नै सुटुक्क गरिएको विद्यालय भवनको उद्घाटन एकपछि अर्को गरी बिजुलीको रफ्तारमा गरियो।

बुधवार मन्त्री अर्यालले चापाकोट नगरपालिका तीन वटा विद्यालय पुगेर स्याङ्जाको वालिङ नगरपालिकादेखि लगिएको दलबलसहित आफ्नै झोलाबाट रिबन र ताम्रापत्र झिकेर उद्घाटन गरेको देख्दा अचम्म लागेको कुरा व्यक्त गर्छन् चापाकोट-०७ साँखर स्थित राधा दामोदर ज्ञान ज्योति संस्कृत माध्यमिक विद्यालय नजिकै घर भएका एक स्थानीय युवा हरि कंडेल तर सो विषयमा तीन वटै विद्यालयका व्यवस्थापन समितिले सुइँको समेत नपाएको घटनाले त्यहाँका अभिभावक समेत चकित परेका छन्। राधा दामोदर ज्ञान ज्योति संस्कृत माध्यमिक विद्यालय चापाकोट – ७ साखरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेश्वार बस्ताकोटीले मन्त्री आएर उद्घाटन गरेर हिडेपछि मात्र आफूलाई जानकारी भएको भन्दै विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी थिएन र हामीले मन्त्रीलाई भवन उद्घाटनको लागि निमन्त्रणा पनि गरेका थिएनौ उहाँले भन्नुभयो । ” चारकोठाको दुई तले भवन उद्घाटन भएको कुरा साथीभाइबाट थाहा पाएको छु। मन्त्रीज्युले स्कुललाई नै जानकारी नदिई कसको लागि उद्घाटन गर्नु भएको हो ?” हामीले औपचारिक रुपमा निमन्त्रणा समेत नगरेको अवस्थामा जबरजस्ती आएर उद्घाटन गरेर जानुभएछ उनले खबर कलमलाई बताए ।
त्यस्तै बुधबार नै मन्त्रीले उद्घाटन गरेको भनिएको अर्को विद्यालय साँखर मोहमी विद्यालय चापाकोट -६ मोहमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त भट्टराईले पनि आफुलाई विद्यालय उद्घाटनको विषयमा कुनै जानकारी नभएको र काम विशेषले त्यो दिन पाल्पाको रामपुर गएको र साँझ फर्किदा यी सबै कुरा थाहा पाए साँच्चै मलाई आश्चर्य लाग्यो उनले भने ।


यो खबर प्राप्त गर्ने बित्तिकै खबरकलमले चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीलाई प्रत्यक्ष टेलिफोन गर्दा नगर प्रमुख गिरीले मन्त्रीले आफ्नो ठाउँमा आउँदा आफूलाई धेरै खुशी लागेको विद्यालय भवन उद्घाटन गरेको कुराले त झनै खुशी भएको तर बिडम्बना,विद्यालय भवनको उद्घाटन जस्तै विकासका काममा पनि मन्त्री ज्युले कसैलाई नसोधी आफ्नो ब्रह्मले मन्त्रालयबाट संघको बजेट हाल्नु पर्ने तर उहाँले त्यो पर्याप्त मात्रामा नगर्नुभएको कुराले चाहिं दुखी बनाएको छ, कम्तीमा मलाई फोन गरी उद्घाटनको व्यवस्था मिलाइदिन भनेको भए त्यो सबै आफैले व्यवस्था गराइदिने दुखेसो मेयरले पोखे।


“मन्त्रीज्युले हतारो गरेर टाँसेको ताम्रपात्र मैले नचाहँदा नचाहँदै पनि झिक्नुपर्ने हुन्छ, किनकि मन्त्री हुँ भन्दैमा जे पायो गर्न नमिल्ने भन्दै चापाकोटका जनताले विद्यालय भवनको उद्घाटनको ताम्रपात्र च्यातेर फ्याँक भनेर भनिरहेकाले आफू तनाबमा परेको मेयरले बताए।


“चापाकोटका जनताको भावनाको उच्च मूल्यांकन गर्दै भबनको उद्घाटन आधिकारिक रुपमा नै फेरि गरिन्छ र मन्त्रीज्युले टाँसेको ताम्रपात्र झिकेर फ्याँकिन्छ । तर, हामीले गर्न सक्ने कुरा के हो भने विद्यालय भवनको उद्घाटनमा मन्त्रीज्युलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने कि नगर्ने भन्ने निर्णयको विषयमा विद्यालयको व्यवस्थापन समिति, अभिभावक र चापाकोटका जनतासँग बसेर छलफल गर्न सकिन्छ ” नगरप्रमुख गिरीले खबर कलमलाई बताए।

Share Post on Social media