स्याङजा सहयोग समाज भीरकोट नगर इकाई कतारको सहयोग कार्यक्रम सम्पन्न
मङ्सिर ११/खबरकलम संवाददाता : स्याङजा सहयोग समाज भीरकोट नगर इकाई कतारको सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
“स्याङ्जा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना” भन्ने नाराका साथ विगत ४ वर्षदेखि उदाहरणीय कार्यहरू गर्दै आएको संस्थाले विगत केही महिनादेखि क्षयरोग भएका बालक ईश्वर खत्रीको उपचार स्वरुप आज सहयोग गरेको छ ।
संस्थाका भीरकोट इकाईका सह-सचिव जीवन कोईराला सहित हाल नेपालमा रहेका यसै संस्थाका निवर्तमान वरिष्ठ सल्लाहकार हर्क बहादुर रोका , कोषाध्यक्ष कृष्ण खनाल, खेलकुद संयोजक केशर के.सी स्थानीय जनप्रतिनिधि तथा भीरकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष दिपेन्द्र के.सी , करूङ बयरघारी मुस्लिम युवा क्लबका उपाध्यक्ष अक्बर अलि, क्लबका युवा जमिल मियाँ, कुरबान मियाँ र सुर्य अधिकारीको प्रत्यक्ष उपस्थितिमा प्रत्यक्ष उपस्थितिमा करूङ बयरघारी मुस्लिम युवा क्लबका अध्यक्ष मोहम्मद जुमाल अलिको संयोजकत्वमा समाजको तर्फदेखि प्राप्त सहयोग रकम रू. २५,०००.००/- (पच्चीस हज़ार रूपैया) निज बिरामी बालकको अविभावक (आमा) लाई हस्तान्तरण गरेका छन्।
उनीहरुले खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस सहयोग जुटाउने कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुप्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्