दोहोरो नागरिकता र राहदानी लिएको कसूरमा १ जना महिला पक्राउ

पौष २/स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दोहोरो नागरिकता र राहदानी लिएको कसूरमा एक महिलालाई पक्राउ गरेको छ।

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं. ३ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ मालेपाटनमा डेरा गरी बस्ने बर्ष ३३ की मन्जु क्षेत्रीलाई फरक विवरण पेश गरी दोहोरो नागरिकता एंव राहदानी लिएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनलाई पक्राउ गरेको हो।

उनको साथबाट जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको नेपाली नागरिकताको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल उल्लेख भएको नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको र मन्जु क्षेत्री नाम उल्लेख रहेको राहदानी समेत बरामद गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Share Post on Social media