पोखरामा सडक दुर्घटना, दुईको मृत्यु तीन घाइते

पोखरा, ११ पुस: पोखरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ हिमाली टोलमा शुक्रबार बेलुका ७:३० बजे सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

सवारी दुघर्टनामा परी मोटरसाइकल चालक स्याङ्जाको वालिङ् नगरपालिका जगतभञ्याङका २१ वर्षीय थमन बहादुर गुरुङ र पुतलीबजार नगरपालिका ४ का ४ वर्षीय आरुस अधिकारीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक गुरुङले चलाएको ग ८ प ४९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिदाँ वालिङ नगरपालिका वडा नं ९ भूम्रका सुनिल एस्के, पुतलीबजार नगरपालिका वडा नं ४ की २४ वर्षीय अप्सरा अधिकारी र नीजिको ४ वर्षीय छोरा आरुस अधिकारी र मोटरसाइकल पछाडि सवार पोखराकी २३ वर्षीय वर्षिय शसी गुरुङ घाईते भएका थिए ।

घाईते ४ वर्षीय अधिकारीको उपचारको क्रममा राति १:३० बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार २३ वर्षीय वर्षिय शसी गुरुङको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

घाईते अप्सरा अधिकारी र सुनिल एस्केको नमस्ते अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share Post on Social media