जाडोमा पहिलो पाइला नेपाल स्याङ्जा शाखाको न्यानो माया

पौष १३/स्याङ्जा: सामाजिक क्षेत्रमा क्रियशिल युवा सामाजिक सस्था पहिलो पाइला नेपालले स्याङ्जा पुतलीबजार १४ मा जाडोका सारथि न्यानो कपडाहरु वितरण गरेको छ । पहिलो पाइला नेपाल स्याङ्जा शाखाको आयोजनामा पुतलीबजार १४ आमडाडा स्थित जनजागृती आधारभूत विधालयका अति विपन्न विद्यार्थी हरु लाई न्यानो कपडा वितरण गरिएको हो ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा २७ अति विपन्न विद्यार्थीलाई स्विटर, टोपी लगायतका न्यानो कपडा वितरण गरिएको शाखा सचिव कार्यक्रम संयोजक झलक अर्यालले बताउनु भयो । अर्यालका अनुसार, देशको कर्णधार बालबालिका नै विपन्नताका कारण न्यानो कपडाको ब्यबस्था गर्न नसक्दा विद्यालय शिक्षाबाट वन्चित छन् ।

अध्यक्ष स्मृति काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण भण्डारीको प्रमुख अतिथ्यता थियो । युवाहरूको जोस ले बिध्यालय परिवारलाई थप जिम्मेवारी बनाएको भण्डारीले जिकिर गरेका थिए ।

कार्यक्रम को समापन गर्दै, शाखा अध्यक्ष स्मृति काफ्लेले पहिलो पाइला नेपाल एक सामाजिक संस्था नभई एक पाठशाला भएको र परिवर्तनको विषय अध्यापन गराइरहेको अभिव्यक्ति दिनुभएको थियो । अन्त्यमा, सिक्दै सिकाउने यात्रामा सहयात्रा गर्ने हरेक युवा, साथ सहयोग र सल्लाह दिने हरेक सहयोगी दाता, शुभेच्छुक तथा सल्लाहकार समितिलाई काफ्लेले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कोरना महामारीको समयमा खाद्य बैंक संचालन, स्वास्थ्य शिविर संचालन, पर्यावरण संरक्षण अभियान लगायत शिक्षा, स्वास्थ्य, वातावरण र मानव सुरक्षाका क्षेत्रमा युवा वर्गमा नेतृत्व विकास गर्दै पहिलो पाइला नेपाल स्याङ्जा शाखा विगत १ वर्ष देखि सामाजिक क्षेत्रमा अग्रसर छ ।

Share Post on Social media