नेकपा समर्थक भीरकोटवासीहरुलाई कमरेड विश्वनाथ अर्यालको अपिल

पौष १४/स्याङ्जा:

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विभाजनको तयारीमा छ । यस विषम परिस्थितिमा पार्टी फुट्नबाट बचाउने अभिभारा सम्पूर्ण पार्टी सदस्यहरुको हो । तर यो सम्भावनाभन्दा बाहिर गईरहेको छ तरपनि, यस अवस्थामा भीरकोट जस्तो कम्युनिस्टहरुको कमजोर ठाउँलाई बचाउनुमा हामी लाग्नु सबैको कर्तव्य र दायित्व हो।

तर, जिम्मेवार साथीहरु छलफल नै नगरी सबै पार्टीसम्बद्ध साथीहरुलाई छाडेर एउटा भेलामा पुग्नु जिम्मेवारी र यसको ओझ देखिदैँन।

जनता साक्षी छन्। इतिहास बोल्छ। समाज र राष्ट्रियताका लागि हामीमध्ये कसको भूमिका कति छ? भनेर जनताका रगत पसिना जीवनसँग होलि खेल्दै आएका मित्रसँग जनता आज पनि सन्तुष्ट छैनन् र रहने पनि छैनन्। त्यो पीडा र व्यथा भुल्न कैयौं पुस्ताको अन्त्य जरुरी छ । त्यसर्थ समाजको रुपान्तरण र भीरकोटको कम्युनिस्ट आन्दोलनको लागि बाम एकता जरुरी छ त्यसकारण विभाजनको शैलीमा एकपक्षीय भेला, कोठेबैठक र सहभागिता बन्द गर्नुपर्ने छ। मित्रहरु, अझैपनि समय छ। भीरकोट एकताबद्ध बनाउन पार्टी कमिटीका अध्यक्ष कमरेड र हिजो हामीले आशा भरोसा गरी जनतासामु पठाएका प्रतिनिधि ( मेयरका उमेदवार ) कमरेडको विशेष भूमिका रहन्छ।

एकता र फुटको जस र अपजस पनि तपाईंहरुकै हुने छ पार्टीपङत्तिले दिएको जिम्मेवारीलाई उच्चतम प्रयोग गर्दै म कुनै पनि समुहको समर्थन र विरोधको जुलुस ,भेला र बैठकमा पुगेको छैन। र, कसैलाई नजान पनि अनुरोध गर्दै आएको छु । तर कहीँ कतै मेरो नाम लिएर वा जोडेर कुरा नगर्नुहुन पनि अनुरोध गर्दछु । संयोगवस आज स्याङ्जा जिल्लामा दुवै पक्षको कार्यक्रम रहेछ। एउटाको बैठक र अर्कोको जुलुस त्यसमा सहभागी नभईकन भीरकोट एकताको पक्षमा उभिन अनुरोधका साथ निर्देश जारी गर्दछु । यसै सूचनालाई आधारर बनाएर अगाडि बढ्नु हुन सम्पूर्ण भीरकोटबासी नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का नगरकमिटी , वडा कमिटी र टोल कमिटी राष्ट्रिय युवा संघ नेपालका सम्पूर्ण नगर र वडा कमिटी महिला संघ , अनेरास्ववियु लगायतका यस पार्टीका सम्पूर्ण मातहतका कमिटीलाई जानकारी गराउँदछु।

विश्वनाथ अर्याल

Share Post on Social media