स्याङ्जामा गाँजासहित अन्सारी पक्राउ

पौष १४/स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २ किलो गाँजासहित एक जनालाई पक्राउ परेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङ्जा जिल्ला पुतलीबजार न.पा. वडा नं. ३ काफलडाँडाबाट बारा जिल्ला बेनौली गा.पा. २ स्थायी ठेगाना भएका २० वर्षीय मिर हसन अन्सारीलाई पक्राउ गरेको हो।

प्लाष्टिकको बोरामा बोकी हिँडेको अवस्थामा २ के.जी. गाँजा फेला परेको हुँदा उनलाई पक्राउ गरी लागुऔषध मुद्धा दर्ता गरिएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

Share Post on Social media