पत्नीको उपचारार्थ प्रचण्ड भारत जाँदै

पौष २०/काठमाडौं: नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचारार्थ आज भारतको मुम्बई लगिँदै छ । उनलाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो ।

सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्ड पत्नी लामो समयदेखि पार्किन्सन नामक रोगबाट पीडित छन्।

Share Post on Social media