लमजुङमा ट्रक दुर्घटना, मानवीय क्षति भने भएन

पौष २६/पोखरा: लमजुङमा एक ट्रक दुर्घटनामा परेको छ।

लमजुङको सदरमुकाम बेशिशहरदेखि मनाङ जिल्लाको चामे जोड्ने बेशिशहर-चामे सडकखण्डको श्रीचाैरदेखि माथि हावाडाँडा नजिकैबाट एउटा ट्रक दुर्घटनामा परेको हो।

चालक र सह-चालक सकुसल रहेकाे र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

Share Post on Social media