निर्वाचनको खर्च आठ अर्बभन्दा बढी

माघ ६/काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् विघटन गरेको एक महिना नाघेको छ।

उनले संसद विघटन गरी नयाँ जनादेशमा जाने भन्दै मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। वैशाख अन्तिममा हुने भनिएको दुई चरणको निर्वाचनमा खर्च कतिब ८ अर्ब भन्दा बढी लाग्ने अनुमान निर्वाचन आयोगले गरेको छ।

यति नै भन्ने होइन। तर, खर्च आठ अर्ब भन्दा बढी लाग्ने निर्वाचन आयोगका प्रवक्ताको भनाइ छ।

कोरोना कहरले थिलोथिलो परेको देशको अर्थतन्त्रमा चुनाव समेत जोडिन गएपछि जनजीवन कष्टकर बन्ने निश्चित प्रायः छ।

राजनैतिक स्थिरता कायम गर्न संविधानमा संसद विघटन सम्बन्धी प्रावधान राखिएको थिएन।

संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ।

Share Post on Social media