तरुण दलले आमसभा गर्दै, गगन थापा प्रमुख वक्ता

चैत ५/स्याङ्जा: नेपाल तरुण दल भीरकोट स्याङ्जाले आमसभा, कार्यकर्ता भेला तथा चियापान कार्यक्रम गर्ने भएको छ।

कांग्रेस निकट नेपाल तरुण दल भीरकोेटले पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको जानकारी तरुण दल भीरकोेटका अध्यक्ष राजकुमार गुरुङले दिएका छन्।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत समेतको उपस्थिति हुने उक्त कार्यक्रममा प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्णलाई उपस्थितिको अनुरोध गर्दै लोकतन्त्रलाई बलियो पार्न एकजुट हुन अनुरोध समेत गर्दछौं।

बदलिएको राजनीतिक परिवेशमा आगामी दिनमा कसरी अघि बढ्ने विषयमा रणनीति बनाउन तथा अन्तर्क्रिया गर्न भेला आयोजना गरिएको गुरुङले जानकारी गराए।

Share Post on Social media