सातुपसलको स्वास्थ्यचौकी नजिकैको जंगलमा लाग्यो डढेलो

स्मृति काफ्ले:

चैत २०/स्याङ्जा: पुतलिबजार नगरपालिका १३ सातुपसल स्वास्थ्य चौकी आसपासको जंगलमा आगोलागी भएको छ।

करिब २ घन्टासम्म जनसमुदाय, जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी सातुपसल उपशाखाका सदस्य, सामाजिक युवा अभियन्ता , स्याङ्जा जिल्लाका आगो नियन्त्रण प्रहरी लगायत सबैजनाको सहयोगमा आगो नियन्त्रण गरिएको छ।

उक्त डढेलोबाट ठुलो जनधनको क्षति हुन त जोगिएको छ तर, सोही क्षेत्रमा रहेको खानेपानीको पाइप जलेर नस्ट भएको छ।

Share Post on Social media