सार्वजनिक शौचालय व्यवस्थापनमा उदाहरणीय बन्दै भीरकोट नगरपालिका

वैशाख ६/नारायण कोइराला: आफ्नै घरको शौचालयमा प्रवेश गरेको आभास दिलाउने गरी शौचालय व्यवस्थापन गरेर भीरकोट नगरपालिकाले उदाहरणीय काम गरेको छ।

सार्वजनिक शौचालय र व्यवसाय सँगै जोडेर संचालनमा ल्याउँदा शौचालयहरू सफा र व्यवस्थित बनेका हुन्।भीरकोट नगरपालिकाका सूचना अधिकारी रामप्रसाद खनालका अनुसार नगर भित्र ३ वटा शौचालयहरू छ्न् र शौचालयको सरसफाइमा पनि सम्बन्धित व्यवसायीहरूले गर्दै आएका छ्न्।

नगरपालिकाले निर्माण गरेका शौचालयहरू सिद्धार्थ राजमार्ग सँगै जोडिएका हुनाले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रीहरू र पैदल यात्रा गर्ने नगरबासी दुबैले प्रयोग गर्न सहज छ।नगरपालिकाले निर्माण गरेका शौचालयहरू रानीरह रेस्टुरेन्ट ,डाँफे होटल र बयरघारीको नाइन्टी नाइन चोकमा छ्न्।

सार्वजनिक शौचालयको कारण आफ्नो व्यवसाय प्रवर्धनमा पनि सहयोग पुगेकोमा डाँफे होटलका संचालक हेमसिङ खड्का पनि खुसी छ्न्।रानीरह रेस्टुरेन्टका संचालक कमल के.सी पनि हेमसिङ खड्काको कुरामा सहमत छ्न्। नाइन्टी नाइन चोकमा भने शौचालय सँगै व्यवसायिक सटर पनि छ।व्यवसाय र सार्वजनिक शौचालयलाई सँगै जोडेर संचालनमा ल्याउँदा व्यवसाय प्रवर्दन र शौचालय व्यवस्थापनमा सहज हुने हुँदा स्याङ्जाका अरू पालिकाहरूले पनि भीरकोटको अनुशरण गर्नु आवश्यक छ।

Share Post on Social media