जनप्रतिनिधिको मनपरी, अहोरात्र खटिएका विद्युत कर्मचारी कुटे

वैशाख २१/स्याङ्जा: कालीगण्डकी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच कुटाकुट भएको छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्षले नेपाल विद्युत प्राधिकरण मिर्मी वितरण उपशाखाका कर्मचारीलाई कार्यालयभित्र नै प्रवेश गरी गुण्डाको शैलीमा कुटपिट गरेका हुन्।

कालीगण्डकी गाउँपालिकामा रहेको कालीगण्डकी अस्पतालले तिर्नुपर्ने बक्यौता विद्युत महसुलको विषयमा कुरा नमिल्दा अध्यक्ष सहितका जनप्रतिनिधि र अन्य अनाधिकृत व्यक्तिहरूको जमातले कर्मचारीलाई हात हालेको हो।

कोरोना महामारीको संकटको बेला अभिभावकत्व प्रदान गर्नुपर्ने जनप्रतिनिधिबाटै कर्मचारी कुटिनुपर्दा जनप्रतिनिधिको साँढेपन र मनपरी छर्लङ्ग हुन्छ।

Share Post on Social media