गल्याङमा १० जनाको परीक्षण गर्दा ८ जना कोरोना संक्रमित भेटिए, थप एकको मृत्यु

सागर न्यौपाने/गल्याङ ( वैशाख २२) :स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ ।

गल्याङ नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बुधबार गरिएको दश जनाको एण्टिजिन परीक्षणका क्रममा आठ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

संक्रमित हुनेहरुमा सबै जना गल्याङ नगरपालिका वडा नम्बर तीनका चार पुरुष र चार महिला रहेका छन् । वडा नम्बर तीनका ३३, ५३, र ४५ वर्षका पुरुष रहेका छन् भने वर्ष ५३, ४५ र ४५ वर्षका महिला रहेका छन् । यसै गरी १५ वर्षका बालक र १० वर्षकी बालिका पनि कोरोना संक्रमित भएका छन् ।

उनीहरुमा गम्भीर लक्षण नदेखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यो संगै गल्याङ नगरपालिकामा कोरोना संक्रमणको नयाँ भेरियण्ट संक्रमितको संख्या २३ पुगेको छ । गल्याङ नगरपालिकामा यस अघि छ महिला र नौ पुरुष गरी १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अहिलेसम्म वडा नम्बर ४, ५ र ६ बाहेकका सबै वडाहरुमा संक्रमितहरु भेटिएका छन् ।

नगरपालिका बाहिर काठमाडौंमा एक जना, पोखरामा तीन जना पाल्ल्पामा एक जना तथा बुटवलमा २ जना संक्रमितको उपचार भैरहेको छ ।

यस्तै नगरपालिकामा होम आइसोलेसनमा आठ जना, होम क्वारेण्टाइनमा तीन जना तथा संस्थागत क्वारेण्टाइनमा ६ जना बसिरहेका छन् ।

यसैबीच, नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वडा नम्बर ११ का ५० वर्षका एक पुरुषको पोखरामा उपचारको क्रममा निधन भएपछि कोरोना बाट गल्याङ नगरपालिकामा मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

Share Post on Social media