Covid-19 मा Home Isolation तथा Quarantine लाई कसरी सहज बनाउने?

जेठ १७: शोभाकान्त पौडेल:

सर्वप्रथम क्वारेन्टाइन र isolation भन्ने शब्दहरू बुझी राखौं।


क्वारेन्टाइन भन्नाले संक्रमित सँग वा संक्रमितका नजिक साथमा रहँदा आफूमा संक्रमणका लक्षणहरु देखिन्छन कि भनेर रोगको पहिलो लक्षण तथा चिह्न देखिने समयसम्म अलग बस्नुलाई बुझिन्छ ।
त्यसैगरी Home isolation भन्नाले covid19 ( सरुवा रोग ) पुष्टि भइसकेपछि अरुबाट छुट्टै रहने तरिका लागि बुझिन्छ , जसले गर्दा परिवारका सदस्य तथा समुदायलाई संक्रमण बाट जोगाउन सकिन्छ ।
यहाँ बुझ्नुपर्ने कुरा के भने quarantine बस्दा रोग पुष्टि भइसकेको हुँदैन भने isolation मा रोग पुष्टि भइसके पछि अरुलाई नसरोस् भन्नका लागि छुट्टै बस्ने गरिन्छ ।

क्वारेन्टाइनमा बस्दाबस्दै कोभिड-19 सँग मिल्ने लक्षण देखिएमा जस्तै रुघा लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने ,खोकी लाग्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, स्वाद गन्ध हराउने, पखाला लाग्ने, शरिरमा बिबिरा आउने जस्ता लक्षण देखा परेमा सम्भव भएसम्म covid जाँच गर्नु पर्दछ ।त्यसको लागि नजिकको स्वास्थ्य चौकी, अस्पताल वा आफ्नो पालिकामा सम्पर्क गरी covid जाँचको लागि अनुरोध गर्नु पर्दछ । covid पता लगाउनको लागि ल्याबले Antigen test वा PCR परीक्षण गर्ने गर्दछ जसको लागि नाक वा घाँटीबाट स्वाब लिई प्रयोगशालामा परीक्षण गर्ने गरिन्छ । Antigen test बाट तत्काल नतिजा प्राप्त हुन्छ भने यो टेस्ट पालिकाहरुले स्थानीय क्षेत्रहरु गएर सम्भावित बिरामीहरूको स्वाब लिई तत्काल नतिजा दिने गरेका छन् । PCR Test भने सुविधासम्पन्न ल्याबोरेटोरीमा हुनेगर्दछ , जसको नतिजा केहि घण्टादेखि केहि दिन मा आउने गर्दछ ।

यदि आफूमा covid-19 सँग मिल्ने लक्षणहरु छन् तर यो टेस्ट गर्न सम्भव भएन भने घरमा नै isolation बसेर परिवारका सदस्य तथा अन्य व्यक्तिलाई सर्न बाट जोगाउनु पर्दछ ।
covid-19 को लागि घरमा isolation बस्दा निन्न अनुसार व्यवस्था मिलाउनु राम्रो हुन्छ ।

• अरुलाई सुरक्षित राख्ने। यसको लागि अत्यावश्यक स्वास्थ्यको कारणले बाहेक घरबाट बाहिर ननिस्किने । निस्कन पर्ने नै अवस्था भएमा माक्सको प्रयोग गर्ने, marks लगाउँदा surgical mask सम्भव भए कम्तीमा दुईवटा लगाउने तर कपडाको mask बाट भाइरस छिर्ने सक्ने सम्भावना भएको हुँदा यस्तो मास्क सकेसम्म लगाउनु हुँदैन ।

• कम्तीमा २ मिटरको दूरी कायम राख्ने ।

अरु नातेदार इष्टमित्र वा अन्य व्यक्तिहरुलाई आफ्नो घरमा नआउन भन्ने। हरेक मानिसहरूसँग कम्तीमा २ मिटरको दूरी कायम गर्ने, हरेक समय कोठामा हावा ओहोरदोहोर गर्ने व्यवस्था मिलाउने ।

परिवारमा धेरै सदस्यहरु सङ्क्रमित भएमा सबै सदस्यहरु एउटै कोठामा बस्न मिल्दछ तर कोठामा अप्ठ्यारो भएको हुनुहुँदैन । सकेसम्म हरेक व्यक्ति अलग अलग कोठामा एक्लै सुत्नु राम्रो हुन्छ । परिवारका संक्रमित र संक्रमण नभएका व्यक्तिको नजिक आउने पर्ने भयो भने 5 मिनेट भन्दा बढी सँगै नबस्ने, मास्कको प्रयोग गर्ने, कम्तीमा २ मिटरको दूरी कायम गर्ने गर्नुपर्दछ ।

  • सम्भव भएसम्म सङ्क्रमितले छुट्टै ट्वाइलेट को प्रयोग गर्ने गर्नुपर्दछ । यदि यो सम्भव भएन भने आफुले प्रयोग गरि सकेपछि सावन पानीले वा निसंक्रमण गर्ने अनेक केमिकलको प्रयोग गरी शौचालय वा bathrrom संक्रमण मुक्त बनाउनु पर्छ।
    *संक्रमित व्याक्तीको लागि छुट्टै खाने थाल, कचौरा, गिलास, चम्चा को व्यवस्था मिलाउनु पर्दछ।
  • आफ्नो सामनहरु अरुलाई प्रयोग गर्न नदिने, जस्तै तन्ना, blanket, सिरानी, दराज, काइँयो ।
    *सम्भव भए कपडा धुँदा तातो पानी साबुनको प्रयोग गर्ने, छुट्टै कपडा धुन, सुकाउन आवश्यक छैन ।
  • खोक्दा हाछ्युं गर्दा रुमाल वा tissu paper ले नाकमुख ढाक्ने, प्रयोग गरेका Tissue पेपर प्रयोग गरिसकेपछि छुट्टै Trash ब्यागमा राख्नु पर्दछ , जसलाई सुरक्षित रुपले नष्ट गर्नुपर्दछ ।
  • isolation मा बसेको ब्याक्तिले अनावश्यक रुपमा नाक मुख आँखा छुनु हुँदैन।
  • कम्तिमा 20 सेकेन्ड साबुन पानीले हात पाखुरा सम्म हुने गरी धुनु पर्दछ । खासगरी हात धुने काम खाना बनाउनु भन्दा अगाडि , खाना खानु अगाडि र खाएपछि पनि हुनुपर्दछ। कुनै औषधि खानुभन्दा अगाडी र खाएपछि पनि धुनु पर्दछ। ट्वाइलेट बाथरुमबाट आएपछि सिंगान फालेपछि, अनुहार छोएपछि यसैगरी २० सेकेन्ड‌सम्म साबुन पानीले मिचीमिची हात धुने गर्नुपर्दछ ।
  • संक्रमित व्यक्तिको बसेको भूमि पटक-पटक Disinfectant प्रयोग गरी सफा गर्नु राम्रो हुन्छ सम्भव भए chlorine को झोल वा सर्फ पानीले सफा गर्न सकिन्छ ।
  • आफूले प्रयोग गरेको tissu paper अन्य फाल्नुपर्ने सामानहरु बिर्को लाग्ने बाल्टी मा राख्ने र पछि सुरक्षित तरिकाले डिस्पोज गर्नुपर्दछ ।

आफ्नो स्वास्थ्यमा कसरी ख्याल राख्ने ??

Isolation मा बस्दा स्वास्थ्यमा एकदमै ध्यान पुर्याउन जरुरत पर्दछ।

• जसको लागि घरमै बस्नु पर्दछ।
• प्रशस्त पानी तथा झोलिलो पदार्थ पिउनु पर्दछ।

  • isolation बस्दा स्वास्थ्य आहार लिनु पर्दछ जसमा भिटामिन मिनिरल फाइबर र प्रोटीन को साथै एन्टिअक्सिडेन्ट हरु भरिपूर्ण हुनुपर्दछ ।
  • दिनमा 2-3 लिटर सफा पानी पिउनुपर्दछ ।
  • स्वास्थ्य जीवनशैली अपनाउनु पर्दछ, जसमा व्यायाम गर्ने, ध्यान गर्ने, पर्याप्त निदाउने जस्ता स्वास्थ्य जीवनशैली अपनाउनु पर्दछ ।
  • प्रशस्त ननभेज खाना हरु खानुपर्दछ । माछा, मासु ,अण्डा, दुध प्रशस्त खानुपर्दछ ।( cobid 19 भएपछि फोक्सो तथा अन्य अंगहरुलाई पारेको क्षति तत्काल राम्रो गर्नको लागि प्रोटिनको उच्च आवश्यक हुने हुँदा यस्ता खानेकुराहरु खानुपर्दछ ।
  • हाम्रो घर गाँउमा हुने भटमास दुध, पनिर, गेडागुडी, दाल, ओखर बदम ,काजु जस्ता खाद्यपदार्थ प्रशस्त खानुपर्दछ ।
  • खानामा मकै गहुँ जौ जस्ता fiber भएका खानाहरु बढाउनुपर्छ ।
  • अम्बा, स्याउ, केरा ,अंगुर, मेवा जस्ता फलफूल दैनिक खानामा समावेश गर्नुपर्दछ।
  • हरिया ताजा फलफूलहरू प्रशस्त खानुपर्दछ ।
  • धेरै नुनिला तथा गुलियो खाने पदार्थहरु अत्यन्त कम खानुपर्दछ। विभिन्न अध्ययन अनुसन्धानले शरीरमा सुगरको मात्रा बढी हुँदा रोग निको हुने सम्भावना कम देखाएको छ ।
  • covid-19 भएको बेलामा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने हुनाले सकेसम्म आफुलाई रमाइलो लाग्ने पुस्तकहरु पढ्ने, गीतहरू सुन्ने, उपन्यास कबिताहरु पढ्ने गर्नुपर्दछ।
  • परिवारका सदस्यहरुसँग छलफल गर्ने ,इष्टमित्र शुभचिन्तकहरूसँग आफ्ना कुराहरु राख्दा आफू खुसी हुन सकिन्छ ।
  • रक्सी चुरोट गाँजा जस्ता लागुपदार्थबाट आफूलाई जोगाउनु पर्दछ।
  • पर्याप्त आराम गर्नुपर्दछ ।
  • घरमा कडा कामहरु गर्नु हुँदैन। गरिरहेको भए रोक्नुपर्दछ। यस्तो बेला शरीरलाई आरामको एकदमै जरुरत पर्ने गर्दछ ।
  • खतराका कुनै लक्षणहरु देखियो भने तत्कालै स्वास्थ्यकर्मी, अस्पताल वा पालिकामा खबर गरी अस्पताल जाने व्यवस्था मिलाउनु पर्दछ।
    “covid-19 मा खतराका लक्षणहरू निम्न हुने गर्दछन्”

*श्वास फेर्न कठिनाई हुनु ।
*छाती दुख्ने ,छाती भारी हुने , लगातार छाती दुख्ने ।
*नयाँ कन्फ्युजन हुने( समय ठाउँ र मान्छे सम्वन्धित) ।
*बिउझिन गारो हुने ।
*अनुहार तथा ओठ निलो हुने ।

माथि भने जस्ता केही वा सबै लक्षण पाइएमा तुरुन्त मेडिकल केयरको आवश्यक पर्ने हुनाले अस्पताल जानको लागि सहयोग लिनुपर्दछ ।

Isolation मा बस्दा निम्नलिखित सामानहरु भएको covid 19 care kit साथमा राख्नुपर्दछ ।

*ज्वरो आएमा नाप्नको लागि थर्मोमिटर ।
*हात धुने साबुन ।
*sanitaizer ।
*भूइँ तथा अन्य सामान सरसफाइ गर्न क्लोरिन वा सर्फ जस्ता सफाई सामग्री ।
*मास्क 1 प्याकेट ।
*Gloves केही जोडा ।
*Tissu papers
*Trash bag
*पारासिटामोल ( ज्वरो आएमा ६,६ घण्टाको फरकमा दिनको 4 पटक सम्म खान सकिन्छ)
*Pulse Oximeter ( रगतमा स्याचुरेटेड अक्सिजनको मात्रा हेर्नको लागि जुन ९२ % प्रतिशतभन्दा कम भएमा अक्सिजनको जरुरत पर्न सक्दछ । यस्तोबेलामा तुरुन्त अस्पताल जानु पर्दछ । )

Isolation मा बस्दा अप्ठ्यारो हुन पनि सक्दछ, यस्तो अवस्थामा निम्नलिखित व्यक्ति तथा संस्थाका नम्बरहरु राख्नुपर्दछ।

*नजिकको स्वास्थ्यकर्मीको सम्पर्क नम्बर ।
*नजिकका एम्बुलेन्स हरुका सम्पर्क नम्बरहरु ।
*अन्य emergency सम्पर्क नम्बरहरु जसमा परिवारका सदस्यहरूको mobile number
*आफूलाई सहयोग गर्ने साथीहरूको mobile नम्बरहरु ।
*पालिका स्वास्थ्य शाखाको फोन नम्बर ।
*नजिकको स्वास्थ्य चौकी अस्पताल का फोन नम्बर हरु ।

Isolation कति समय बस्ने ??

सामान्यतया isolation दुई हप्ता बस्ने गरिन्छ। दुई हप्ताभन्दा बढी isolation बस्न जरुरत छैन , पहिलो लक्षण देखिएको 10 दिनपछि virus सर्न नसक्ने विभिन्न अनुसन्धानहरुले देखाएको छ। Isolation बसेको दुई हप्ता भएपछि corona virus छ छैन भनेर पुन PCR Test गर्न आवश्यक नहुने कुरा विभिन्न भाइरोलोजिस्ट हरुले बताउँदै आएका छन् ।
Isolation बाट तपाई स्वास्थ्यलाभ गरी निस्केपछि पनि 6 फिटको
सामाजिक दुरी कायम राख्ने, हरेक समय mask प्रयोग गर्ने, अनावश्यक भीडभाड भएको ठाउँमा नजाने साबुन पानीले मिचीमिची हात धुने जस्ता कार्यहरु गर्दै रहनुपर्दछ ।

याद गरौं, covid-19 भएका करिब 90 प्रतिशत विरामीहरु सजिलै निको हुने गर्दछन् भने केही प्रतिशतलाई अक्सिजन दिएर अस्पतालमा उपचार गर्नुपर्दछ ।अत्यन्त थोरै व्यक्तिहरु मात्र कोभिडको कारणले critical अवस्थामा पुग्ने गर्दछन्। तसर्थ तपाई हामीलाई सजिलै covid निको हुने सम्भावना हुन्छ ।

लेखक पुतलीबजार नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत छन्। लेखकले स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनमा Dr MGR Medical University बाट post Graduate Diploma तथा शिक्षा (स्वास्थ्य शिक्षा) मा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन् ।

Share Post on Social media