वातावरण दिवसको उपलक्ष्यमा स्याङ्जामा अन्तरकृया कार्यक्रम सम्पन्न

जेठ २२/स्याङ्जा : आज जुन ५ अर्थात् विश्व वातावरण दिवस। यो दिवसको अवसरमा आज सरोकारवालाबीच छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

वातावरणविद डोलराज पौडेलको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा करिब २५ जना बढी विभिन्न पेशा र सेवामा आवद्ध व्यक्तिहरुको सहभागिता थियो। अनलाइन जुममार्फत सन्चालन भएको उक्त कार्यक्रम मीन प्रसाद तिवारी “किशोर” तथा जीवन अर्यालको अगुवाईमा सम्पन्न भएको हो।

भीरकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष दिपेन्द्र केसी, वडा नम्बर ५ का वडाध्यक्ष याम प्रसाद अधिकारी, नेकपा एमाले भीरकोट अध्यक्ष विश्वनाथ अर्याल, अग्रज कृषक तथा समाजसेवी फणिनारायण अर्याल, समाजसेवी शोभित खड्का, शैक्षिक व्यक्तित्व बोधराज गौतम, डिल्लिराम अर्याल, डोलराज अर्याल, युक्तनारायण अर्याल, अमृत अर्याल, निजामती कर्मचारी देवेन्द्र पौडेल, रमेश ढकाल, पत्रकार सागर न्यौपाने, सकृय युवा सागर थापा लगायत थुप्रै व्याक्तिले वातावरण संरक्षण तथा सन्तुलनको विषयमा चर्चा गरेका थिए।

उक्त कार्यक्रमका अभियन्ता मध्ये एक किशोर तिवारीले अब स्याङ्जा जिल्लाका सबै पालिका समेटिने गरी वातावरण संरक्षण सन्जाल गठन गर्ने र पर्यावरण सन्तुलनमा ठोस योगदान दिने प्रण गरेका छन् ।

केही दिनमै तदर्थ समिति गठन गरी वातावरण संरक्षणका कार्यक्रम बनाउने, सचेतना फैलाउने, बिरुवा रोप्न उत्साहित गर्ने तथा फोहरमैला व्यवस्थापनमा विभिन्न पालिकाहरुसँग समन्वय गर्ने अर्का अभियन्ता जीवन अर्यालको भनाई छ।

पर्यावरण आफैमा वृहत र गहन विषय भएकाले यसको संरक्षणमा सबैलाई एकजुट हुन उनीहरुले आह्लान गरेका छन्।

Share Post on Social media