गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली नियुक्त

जेठ २९/पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

अब उनले तीस दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने हुन्छ।

Share Post on Social media