अविरल वर्षाका कारण सिदार्थ राजमार्ग अवरुद्ध

जेठ ३०/स्याङ्जा: अविरल वर्षाका कारण सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जा-पोखरा सडकखण्ड अवरुद्ध भएको छ।


आज बिहान ०६:३० बजेको समयमा स्याङजा जिल्ला फेदीखोला गा.पा. वडा नं. २ भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा अविरल बर्षाको कारण माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अबरोध भएको हो।

सडक विभाग र सम्बन्धित निकायसँग समन्वय गरी बाटो खुलाउने पहल भैरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

Share Post on Social media