जिप दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते

असार २/राम बहादुर रोकाहा: स्याङ्जाको भिरकोट नगरपालिकामा बिहान जिप अनियंत्रित भइ दुर्घटना हुँदा थप एक सहित दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप
आज बिहान करिब १० बजे दुर्बुङठाटीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ७ जना घाईते भएका थिए ।घाईतेमध्ये एक जनाको भीरकोट नगर अस्पताल(कालिका सामुदायिक अस्पताल) हेलुमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परी घाईते भएकालाई प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।
नामावली :-
१) भीरकोट न।पा।-३ का ३६ वर्षीय गणेशजंग अधिकारी (मृत्यु हुने)
२) ३० वर्षीय विकास थापा (जिप चालक)
३) ४० वर्षीय रेशम परियार,
४) ४६ वर्षीया प्रतिमा परियार,
५) ४८ वर्षीय रुकबहादुर परियार (पोखरामा उपचारका क्रममा निधन)
६) २८ वर्षीय सोनी श्रेष्ठ
७) २४ वर्षीय दिनेश परियार

Share Post on Social media