चट्याङले स्याङ्जामा एकको मृत्यु

असार ११/राम बहादुर रोकाहा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -२ घडेरीमा आज बिहान परेको चट्याङ लागेर एक किशोरको मृत्यु भएको हो ।


आफ्नो घरको बिस्तारा सुतिरहेका पुर्ण बहादुर गुरुङका १५ वर्षीय छोरा रोहित गुरुङको बिहान ५:३० बजे परेको चट्याङका कारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं सुचना अधिकारी डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।


मोबाइल चार्जमा राखेर सुतेका उनी बिहान परेको चट्याङबाट करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । उनले चार्ज गरेको मोबाइल पुर्ण रुपमा क्षतिग्रस्त भएको छ भने चार्जर पनि जलेको अवस्थामा भएको प्रहरीको भनाई छ ।
उक्त घटनास्थलमा प्रहरी अधिकारीसहितको टोलि गइ घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share Post on Social media