नगद रकमसहित जुवाडे पक्राउ

राम बहादुर रोकाहा/असार २४:

स्याङ्जा बयरघारीबाट करिब दुई लाख नगदसहित १२ जुवाडे पक्राउ

राम बहादुर रोकाहा

स्याङ्जाको भिरकोट नगरपालिका -२ बयरघारी ठाडोलाईन स्थित एक होटेलबाट तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

गोप्य सुचनाका आधारमा भीरकोट नगरपालिका वडा नम्बर-२ बयरघारी ठाडोलाईनमा भाडामा संचालन गरिएको बिबेक होटेलमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले एक लाख ७६ हजार ४ सय पाँच रुपियाँ साथै २ सय १२ पत्ती तास सहित १२ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका जुवाडेको टोलीलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा सम्बधी कसुर मुद्दामा मुद्दा दर्ता गरि थप अनुसन्धानको निमित्त जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Share Post on Social media