नेपाली भाषा शिक्षक परिषद् कास्कीको साधारण सभा सम्पन्न

असार २६/पोखरा: नेपाली भाषा शिक्षक परिषद् कास्कीले भर्जुअल माध्यमबाट बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।

नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिका अध्यक्ष प्राध्यापक डा.रामनाथ ओझाको प्रमुख आतित्थमा सम्पन्न कार्यक्रममा ओझाले संस्थाले उद्देश्य अनुरुप शिक्षक र विद्यार्थीको भाषिका सिप विकास तथा भाषिक उत्थानका लागि प्रशंसनीय कार्य गरेको विचार राख्नुभएको थियो।


उद्घाटनसत्र र बन्दसत्र गरी दुई चरणमा सम्पन भएको उक्त कार्यक्रमको पहिलोसत्रमा विभिन्न विषयमा प्रविधिमैत्री समाज नेपाल तथा नेपाली भाषा विषय समितिका संयोजक हर्क गुरुङ, नेपाली भाषा परिषद् पर्वतका अध्यक्ष आनन्द रिमाल, नेपाली भाषा परिषद् तनहुँका अध्यक्ष रुक्मिणी पौडेल, सामाजिक अध्ययन मञ्चका अध्यक्ष दिनेश अर्याल, विज्ञान समाज कास्कीका अध्यक्ष राजकुमार ढकाल, गणित शिक्षा परिषद् कास्कीका अध्यक्ष केशवप्रसाद अमगाईँ, परिषद्का सल्लाहकारज्यूहरु सहप्रा.डा.पुष्यप्रसाद शर्मा,संस्थापक अध्यक्ष माधवशरण उपाध्याय, उपप्रा. बोधराज ढकाल, लोकचन्द्र खनाल, डोेलराज अर्याल र दिनेश सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो, भने दोस्रोसत्रमा सचिव र कोषाध्यक्षको प्रतिवेदन परिषद्का सचिव सूर्यप्रसाद लम्साल र कोषाध्यक्ष शिवहरि सुवेदीले प्रस्तुत गर्नुभएको थियो । साथै विधान संशोधन कार्यदलले तयार पारेको संशोधन प्रस्ताव माथि व्यापक छलफल गरी परिमार्जन सहित सर्वसम्मतबाट पारित भएको थियो।


परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष विक्रम पौडेलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन परिषद्का सचिव सूर्यप्रसाद लम्सालले गर्नुभएको थियो साथै प्रविधिमा कोषाध्यक्ष शिवहरि सुवेदी र सदस्य विष्णु पौडेलले गर्नु भएको थियो ।

Share Post on Social media