राष्ट्रिय युवा संघको कार्यकर्ता भेला तथा कमिटी विस्तार कार्यक्रम सम्पन्न

भदौ १२/खबरकलम संवाददाता: रास्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँपालिका वडा नं १ अन्तर्गत रास्ट्रिय युवा संघ नेपालको वडा कमिटी विस्तार , प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख अतिथि क. राम बहादुर थापा नेकपा एमाले प्रदेश कमिटी सदस्य , विशिष्ट अतिथिमा क. विश्व पौडेल नेकपा एमाले क्षेत्र १ का क्षेत्रीय कमिटी अध्यक्ष , क. राजेन्द्र डुम्रे नेकपा एमाले वालिङ नगरकमिटी अध्यक्ष , समन्वय समिति स्याङ्जाका उपसभापति क. दिलिप बगाले , क. अर्जुन सुवेदी रास्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य लगायतका प्रशिक्षकले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए।

आज सम्पन्न उक्त कार्यक्रममा करिब १२० जनाको उपस्थिति रहेको थियो र उक्त कार्यक्रमको संचालन राष्ट्रिय युवा संघको वडा नं १ का सहसंयोजक पिताम्बर अर्यालले गरेका थिए।

Share Post on Social media