स्याङ्जाको भीरकोट लामाचौरमा सवारी दुर्घटना एकजना घाइते

भदौ १४/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं १ लामाचौरमा आज सवारी दुर्घटना भएको छ।‌

आज दिउँसो अन्दाजी ३: ३० बजेको समयमा पोखरादेखि बुटवलतर्फ जाँदै गरेको बा १६ च ४३७९ नम्बरको रातो स्कर्पियो जीप आफ्नो अगाडी गुडिरहेको ग.१ ज ७१७७ नम्बरको भ्यानले अकस्मात ब्रेक लगाउँदा त्यो भन्दा पछिल्लो ग २ च ३०२७ को सेतो महेन्द्र जीपले पनि अकस्मात ब्रेक लगाउन बाध्य भएको र उक्त रातो जीप अक्समात महेन्द्र जीपको पछाडि ठोक्किएर दुर्घटना हुन गएको जनाइएको छ।

सो दुर्घटनामा जीपमा सवार ३ जना मध्ये एकजनाको देब्रे खुट्टाको घुँडामा गम्भीर चोट लागेको र गाडीको अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको छ। प्रहरीले घटनाको सत्यतथ्य जाँचबुझ गरिरहेको र यसबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

Share Post on Social media